हाम्रो साथी सिफारिस प्रणालीले तपाईं र तपाईंको साथी दुबैलाई फाइदा पुर्याउँछ।
तपाईंको साथीलाई भिलेज हाउस अपार्टमेन्टहरूको परिचय दिनुहोस्, र तपाईंले 10,000 येनको QUO कार्ड प्राप्त गर्नुहुनेछ। तपाईंको साथीले एक महिनाको निःशुल्क भाडा पनि प्राप्त गर्नेछ।
आफ्नो साथीलाई भिलेज हाउस अपार्टमेन्टमा सिफारिस गर्नुहोस्।
आफ्नो साथीको आवेदन फारममा आफ्नो जानकारी राख्नुहोस्
तपाईंको साथी सरेपछि लगभग 7 देखि 8 महिना पर्खनुहोस्
तपाईंले एउटा QUO कार्ड प्राप्त गर्नुहुन्छ, र तपाईंको साथीले एक महिनाको निःशुल्क भाडा प्राप्त गर्दछ
[साथी सिफारिस प्रणालीको लागि योग्यता सर्तहरू]
नयाँ भाडामा बस्ने व्यक्ति (तपाईंको साथी) ले हाम्रो स्क्रिनिङ प्रक्रिया पार गर्नु पर्नेछ र रुम सर्नु अघि हामीसँग लिजमा हस्ताक्षर गर्नुपर्छ।
नयाँ भाडावाल (तपाईंको साथी) द्वारा पेश गरिएको लीज आवेदन फारममा तपाईंको नाम, ठेगाना, सम्पर्क नम्बर, जन्म मिति र तपाईं भिलेज हाउस अपार्टमेन्टको भाडादार हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा समावेश हुनुपर्दछ।
सम्झौतामा हस्ताक्षर गरेपछि, नयाँ भाडावाल (तपाईंको साथी) ले हामीले तोकेको समयसम्म भाडा वा अन्य शुल्कहरू (सम्झौतामा उल्लिखित सबै शुल्कहरू, जस्तै नर्मल सेवा खर्चहरू र पार्किङ लट शुल्कहरू सहित) कहिल्यै तिर्न ढिला नगरेको हुनुपर्छ र साथी सिफारिस प्रणाली अन्तर्गत दिइने निःशुल्क भाडाको महिनाको अन्तिम दिनसम्म निरन्तरता दिई बसेको हुनुपर्नेछ। (यदि नयाँ भाडामा बस्ने व्यक्ति कुनै संस्था / कम्पनी हो र एकभन्दा बढी घर भाडामा लिन्छ भने, ती घरहरू प्रत्येकमा यो सर्त पूरा गर्नुपर्छ।)
नयाँ भाडावाल एक व्यक्ति हो भने, एक घर बराबर एकजना भन्दा बढि साथी सिफारिस अनुमति छैन।
कुनै नयाँ भाडावाल जो धेरै घरहरू भाडामा लिने संस्था हो भने, प्रति संस्थान एक भन्दा बढी साथी सिफारिस अनुमति छैन। नयाँ भाडावालले भाडामा लिएको प्रत्येक घरको लागि निःशुल्क भाडा र कुवो कार्ड दिइनेछ।
तपाईंले हामीलाई सिफारिस गर्न सक्ने नयाँ भाडावालहरूको संख्याको कुनै सीमा छैन। यदि तपाईंले धेरै नयाँ व्यक्ति वा संस्था भाडावालहरूलाई सिफारिस गर्नुभयो भने, तपाईंले प्रत्येक नयाँ भाडावालको लागि माथि उल्लेखित लाभ प्राप्त गर्नुहुनेछ।
यदि माथिका सबै शर्तहरू पूरा भएमा, नयाँ भाडावाल (तपाईंको साथी) ले एक महिनाको निःशुल्क भाडा प्राप्त गर्नेछ, र सिफारिस कर्ता (तपाईंले) ले लीज अवधि सुरु भएको लगभग 7 देखि 8 महिना पछि 10,000 येन को कार्ड प्राप्त गर्नुहुनेछ। (यो नयाँ भाडावालको लागि भाडाका नियमहरूको आधारमा फरक हुन सक्छ। विस्तृत जानकारीको लागि, सम्पर्क गर्नुहोस्।)
हामी हाम्रो जाँचको नतिजाहरूको आधारमा तपाईंलाई QUO कार्ड नदिने अधिकार सुरक्षित राख्छौं। (कार्ड नदिनुको कारण खुलाइने छैन।)
तपाईंको व्यक्तिगत जानकारी साथीलाई सिफारिस सिस्टमको सम्बन्धमा मात्र प्रयोग गरिनेछ र व्यक्तिगत जानकारीको संरक्षण सम्बन्धी ऐन बमोजिम त्यसलाई ह्यान्डल गरिनेछ।
हाम्रो साथी सिफारिस कार्यक्रम सम्बन्धि थप जानकारीहरूको लागि यहाँ सोधपुछ गर्नुहोस्:
हामीलाई इमेल गर्नुहोस्
